News Portal

  • ग्लोबल बैंकको अनलाईन कार्यालय सञ्चालनमा अब घरैमा बसेर ऋण लिन सकिने

    आर्थीकसंसार संवाददाता२ भदौ, २०७७
    ५५६ पटक
    २ भदौ, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंकले अनलाईन कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले एकद्वार प्रणालीमा आधारित डिजिटल कार्यालय सञ्चालनमा ल्याएको जारी बिज्ञप्तिमा उल्लेख छ ।
    बैंकले ‘ग्लोबल कनेक्ट’ नामको कल सेन्टर सञ्चालन गरी निक्षेप जम्मा गर्ने सुविधा, ऋण लिने सुविधालगायतका सेवा प्रवाह गरिएको जनाएको छ । अब ऋण लिन सिधैं बैंक जानुको साटो अनलाईनबाटै जानकारी लिई धेरै काम अघि बढाउन सकिने बैंकले जनाएको छ ।
    बैंकले बढ्दो डिजिटल प्रविधिको विकास र व्यस्त जीवन शैलीसँगै ग्राहकहरुको बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले कल सेन्टरको सुरुवात गरेको जनाएको छ । सो डिजिटल कार्यालयबाट सम्पूर्ण बैंकिङ सुविधा पाउने बैंंकले जनाएको छ ।
    ग्लोबल आईएमई बैंकबाट सेवा लिन चाहनेले बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म ९७७–१–५९७०६०० मा फोन गरी सेवा लिन सक्ने बैंकले जनाएकोछ । सो डिजिटल कार्यालयमा सम्पर्क गरी मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका सुविधा थप्न तथा त्यस्ता सुविधामा परेका अप्ठेराहरु समाधान गर्न सकिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्