News Portal

  • प्रभु क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने

    आर्थिकसंसार संवाददाता२ भदौ, २०७७
    ४४२ पटक
    २ भदौ, २०७७

    काठमाडौं । प्रभु क्यापिटलले तीन बर्षको लागि निःशुल्क डिम्याट खाता योजनाको अवधि थप गरेको छ । यसअघि साउनसम्म रहेको योजना सञ्चालन गरेकोमा क्यापिटलले समयवधि भदौ मसान्तसम्म थप गरेको हो । क्यापिटलले ग्राहकहरुको मागलाई मध्यनजर गर्दै उक्त निःशुल्क योजना भदौ मसान्तसम्म थप गरेको जनाएको छ ।
    नेपाल सरकार र नेपाल धितोपत्र बोर्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भएअनुसार यस क्यापिटलले अनलाइन खाता खोल्ने सुविधा सञ्चालन गरेको छ ।
    उक्त योजनामा क्यापिटलको केन्द्रीय कार्यालय, कमलादी तथा प्रभु बैंकको नेपाल भरी रहेका २ सय १० वटै शाखाबाट डिम्याट र मेरो शेयरको खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको छ ।

    प्रतिकृया दिनुहोस्