News Portal

  • कृषि विकास बैंकका नवनियुक्त सञ्चालक दीर्घराज मैनालीले सपथ लिए

    आर्थीकसंसार संवाददाता२३ चैत्र, २०७७
    ९५४ पटक
    २३ चैत्र, २०७७

    काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा दीर्घराज मैनाली नियुक्त भएका छन् । नवनियुक्त सञ्चालक मैनालीलाई बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ ग्रहण गराएका हुन् ।
    नेपाल सरकारको निर्णयानुसार मैनाली बैंकको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका हुन् । नवनियुक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् ।
    सो अवसरमा कृषि विकास बैंक लिमिटेडका सञ्चालक सदस्यहरु हरिबहादुर केसी, डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोदकुमार गुरांगाई, कृषि विकास बैंकका कामु उपमहाप्रबन्धक प्रताप सुवेदी, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्