काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बर्दियाको बबइ रेसोर्टमा ‘बर्दिया टाइगर मिट’ कार्यक्रम सम्पन्न गरेको छ । सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्नुका साथै पुनर्ताजगी तालिम प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।
सो कार्यक्रममा नेपालभरिबाट माघ र फागुन महिनामा उत्कृष्ट व्यवसायिक सफलता हासिल गरी छनौट भएका १ सय ४४ भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो । कार्यक्रममा सम्पूर्ण लिडरहरुलाई कम्पनीले सम्मान गरेको थियो ।
कार्यक्रममा कम्पनीका पश्चिम क्षेत्रको प्रमुख व्यवसाय अधिकृत धोजबहादुर खड्काले धेरै टाढाबाट पनि तालिममा सहभागी भएको भन्दै सम्पूर्ण सहभागीहरुको प्रशंसा गरेका थिए । यस्तै, कार्यक्रमको प्रमुख अथितिको रुपमा सृष्टी केसी रहेकी थिइन् । उनले जीवन सङ्घर्ष र त्यसप्रतिको सकारात्मक सोच, जीवनप्रतिको बुझाई, भोगाई र प्रेरणादायिक वाक्यले सबैको आँखामा आशु ल्याउनुका साथै जीवनमा अझै धेरै गर्न बाँकी रहेको भन्दै अझै सकारात्मक जोश र जाँगर भरर काम गर्न अनुरोध गरेकी थिइन् ।
कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, प्रमुख व्यवसाय अधिकृतहरु साथै विभिन्न क्षेत्र र शाखा प्रवन्धकहरुको पनि उपस्थिति थियो । समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरुलाई पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रणी रहेको र रहने बताए । यस्ता कार्यक्रमले व्यवसायिक क्षमता बृद्धिमा थप सहयोग पुग्ने बताउँदै उनले आगामी दिनहरुमा बीमामा आवद्ध भई उच्च सम्मान र ऊर्जाका साथ काम गर्नका लागि सिटिजन लिडरहरुलाई प्रेरित गरे ।
सिटिजन लाइफद्वारा १ सय ४४ लिडरलाई सम्मान प्रदान
आर्थीकसंसार संवाददाता१० चैत्र, २०७७
१० चैत्र, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान