News Portal

  • ज्योति लाईफको वैदेशिक रोजगारी म्यादी बीमा अब खल्तीबाट तिर्न सकिने

    आर्थीकसंसार संवाददाता९ चैत्र, २०७७
    ६१२ पटक
    ९ चैत्र, २०७७

    काठमाडौं । वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने वैदेशिक रोजगारी म्यादी जीवन बीमा अब ज्योति लाईफबाट विद्युतीय माध्यमद्वारा जारी गर्न सकिने भएको छ ।
    सुरुवाती दिनदेखि नै प्रविधिमैत्री सेवाहरु विस्तार गर्दै आइरहेको उक्त कम्पनीले खल्ती डिजिटल वालेटसंग सहकार्य गर्दै मोबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था सुचारु गरेको हो ।
    यस सेवामार्फत सेवाग्राहीले काउन्टरमा गई बीमाशुल्क भुक्तानी गरी बीमालेख जारी गर्नुपर्ने झन्झटबाट मुक्त भई सम्पूर्ण बिमितहरुको समयको बचत हुने कुरामा कम्पनी विश्वस्त रहेको कम्पनीका कार्यकारी प्रमुख प्रकाश विक्रम खत्रीले बताए ।

    प्रतिकृया दिनुहोस्