News Portal

  • ज्योति बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान)बीच सहकार्य

    आर्थीकसंसार संवाददाता९ चैत्र, २०७७
    १६२४ पटक
    ९ चैत्र, २०७७

    काठमाडौं । ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान)बीच सहकार्य भएको छ । इक्यानमा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो । नेपाल शैक्षिक परामर्श संघ नेपालको सबैभन्दा ठुलो गुणस्तरीय वैदेशिक शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संगठन हो ।
    आइतबार एक कार्यक्रमकाबीच ज्योति बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल शैक्षिक परामर्श संघका तर्फबाट इक्यानका अध्यक्ष प्रकाश पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौताअनुसार बैंकले इक्यानमा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई विशेष छुटमा प्रोफेसनल लोन र १५ लाख रुपैयाँ सम्मको बिना धितो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ । यस सम्झौतापश्चात नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई ज्योति बैंकको कर्जा सेवाले थप सहजता प्रदान गर्नेछ ।
    ज्योति बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ । हालसम्म बैंकले ३ लाखभन्दा बढी खाताबाट करिब रु. ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढी ऋणीलाई करिब रु. ३९ अर्ब लगानी गर्न सफल भएको छ ।

    प्रतिकृया दिनुहोस्