News Portal

  • एनसीएचएलको अध्यक्षतामा रामबहादुर मानन्धर

    आर्थीकसंसार संवाददाता८ चैत्र, २०७७
    ५९६ पटक
    ८ चैत्र, २०७७

    काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)को अध्यक्षमा रामबहादुर मानन्धर चयन भएका छन् । एनसीएचएलको १६९औं सञ्चालक समितिको बैंठकबाट अध्यक्षमा मानन्धरलाई चयन गरिएको हो ।
    नवनियुक्त अध्यक्ष मानन्धरले नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर डा. नीलम ढुगांनानबाट अध्यक्षको सपथ गरेका छन् । तत्कालीन अध्यक्ष नरेश शाक्यको विभाग परिवर्तन भएसँगै एनसीएचएलको अध्यक्षमा मानन्धरले प्रतिनिधित्व गरेका हुन् । नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक र वित्तीय कम्पनीबाट एक–एक जना प्रतिनिधि रहेका छन् ।
    एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।

    प्रतिकृया दिनुहोस्