News Portal

  • रुपन्देहीको तिलोत्तमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु

    आर्थीकसंसार संवाददाता६ चैत्र, २०७७
    १००४ पटक
    ६ चैत्र, २०७७

    काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्लाको तिलोत्तमास्थित योगिकुटी हाटबजारमा क्यूआर कोड सेवा सुरु गरेको छ । उक्त सेवाको सुरुवात नेपाल राष्ट्र बैंक, क्षेत्रीय कार्यालय भैरहवाका निर्देशक सुदिप फुयालले गरेका हुन् ।
    क्युआर कोड सेवा सुरु भएसँगै उपभोक्ताले उक्त हाटबजारबाट आफुले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफुल तथा लत्ताकपडाहरुको रकम क्युुआर कोडबाट भुक्तानी गर्न सक्नेछन् ।
    आफुले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल्ली भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्नेलगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्युआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आकर्षण बढ्दै गएको छ । यही कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।
    स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कमर्शीयल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईनमार्फत खाता एवं मुद्धती खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

    प्रतिकृया दिनुहोस्