काठमाडौं । राष्ट्रिय स्तरको नेशनल लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २७ प्रतिशत लाभांश पारित भएको छ । चैत ५ गतेसम्म संस्थाको सातौं वार्षिक साधारणसभाले सञ्चालक समितिको २७ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो ।
यससँगै, संस्थाका सेयरधनीले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट २१ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरी २७ प्रतिशत लाभांश पाउने भएका छन् ।
यससँगै २६ करोड ४० लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी बढेर ३१ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।
साथै, सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन् । सभाले नरेन्द्रप्रसाद छत्कुली र रामकुमार तिमल्सिनालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो ।
सभाले आ.व. २०७६÷०७७ को वासलात, नाफा नोक्सान हिसावलगायत अन्य वित्तीय विवरणसहित वार्षिक प्रतिवेदन पारित गरेको छ ।
सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारणसभाले अध्यक्षले पेश गरेको आ.व. २०७६.०७७ को वासलात, नाफा नोक्सान हिसावलगायत अन्य वित्तीय विवरणसहित वार्षिक प्रतिवेदन पारित गरेको छ ।
चालु आ.व. २०७७.०७८ को हालसम्म हिमाल, पहाड र तराईका गरी ६५ वटा शाखा कार्यालयहरुमार्फत संस्थाको पहुँच विस्तार गर्दै देशका सातै प्रदेशका ४७ वटा जिल्लामा सेवा प्रदान गरेको छ । संस्थाले १ लाख ४ हजार भन्दा बढी विपन्न परिवारमा सेवा पुर्याएको छ । हालसम्म संस्थाको लगानीमा रहेको कर्जा ७ अर्ब २५ करोड रुपैयाँ तथा बचत १ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी संकलन गर्न सफल भएको छ ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामवहादुर यादवले निकट भविष्यमा संस्थाले ७७ जिल्लामा वित्तीय पहुँच पुर्याउने, आधुनिक प्रविधिमैत्री सेवा तथा ग्राहक सदस्यहरुमा उद्यमशीलता विकासका साथै वित्तीय साक्षरतामा विशेष जोड दिनेजस्ता कार्यक्रम सञ्चालन गर्ने बताए ।
नेशनल लघुवित्तको २७ प्रतिशत लाभांश पारित
आर्थीकसंसार संवाददाता५ चैत्र, २०७७
५ चैत्र, २०७७- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- नबिल बैंकको नगद लाभांश घोषणा
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न