News Portal

  • शाइन रेसुङ्गाको नयाँ शाखा पोखरामा

    आर्थीकसंसार संवाददाता४ चैत्र, २०७७
    ३७० पटक
    ४ चैत्र, २०७७

    काठमाडौं । । शाइन रेसुंङ्गा डेभलपमेन्ट बैंकले कास्कीको पोखरामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
    राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको शाइन रेसुंङ्गा बैंकले गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलो शाखा विस्तार गरेको हो । यौसँगै बैंकको शाखा संख्या ७७ पुगेको छ ।
    नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक ईश्वरीप्रसाद भट्टराईले उक्त शाखा कार्यालयको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै निर्देशक भट्टराईले उत्पादनशील क्षेत्रमा कर्जा लगानी वृद्धि गरी अर्थतन्त्रमा टेवा पुर्याउन सुझाव दिए । उनले बजारको गहिरो अध्ययन गरेर लगानी गर्न र डिजिटल बैंकिङलाई प्राथमिकता दिन पनि सुझाव दिए ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले सातै प्रदेशमा शाखा सञ्जाल विस्तारको क्रममा गण्डकी प्रदेशको राजधानी पोखरामा आइपुगेको बताए । बैंकले सबैसँग हातेमालो गरेर गण्डकी प्रदेशको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउने उनले बताए । गण्डकी प्रदेशको बागलुङको बुर्तिबाङमा पनि बैंकको शाखा सञ्चालनमा छ ।
    बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले स्थानीय माग र आवश्यकता अनुसार कर्जा लगानी गरिने पनि बताए । देशभरका ८ वटा राष्ट्रिय स्तरका विकास बैंकमध्ये शाइन रेसुंङ्गा लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय रहेको एक मात्र विकास बैंक हो । ३३ अर्ब निक्षेप संकलन तथा ३० अर्ब कर्जा लगानी गरेको बैंकका ४ लाख बढी ग्राहक छन् ।

    प्रतिकृया दिनुहोस्