News Portal

  • इप्पानको अध्यक्षमा आचार्य चयन

    आर्थीकसंसार संवाददाता०१ भदौ, २०७७
    १०५९ पटक
    ०१ भदौ, २०७७

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को अध्यक्षमा कृष्ण आचार्य निर्वाचित भएका छन् । इप्पानको आइतबार भएको भेलाले सर्वसम्मतिबाट अध्यक्षसहित नयाँ कार्यसमिति चयन गरेको हो ।
    यसैगरी इप्पानको उपाध्यक्षहरुमा गणेश कार्की, आशिष गर्ग र मोहनकुमार डाँगी, महासचिव गोरे शेर्पा, सचिवहरुमा भरतबहादुर खत्री, बलराम खतिवडा र रामप्रसाद आचार्य चयन भएका छन् भने कोषाध्यक्षमा आनन्द चौधरी चयन भएका छन् ।
    यसैगरी सदस्यहरुमा भरतकुमार खड्का, उत्तम ब्लोन, प्रकाश दुलाल, भरत लामिछाने, महिला सदस्यमा कविता पोखरेल र अविज्ञा मल्ल सर्वसम्मतले चयन भएका छन् ।

    प्रतिकृया दिनुहोस्