News Portal

  • नागरिक लगानी कोषको शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता२६ फागुन, २०७७
    ६८१ पटक
    २६ फागुन, २०७७

    काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तरगतको ४ लाख ६८ हजार ८ सय अठ्ठाईस कित्ता शेयर बिक्री गर्ने भएको छ ।
    बैंकले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको न्यूनतम मूल्य रु. १ हजार ५ सय दुई रुपया पचास पैसा तोकिएको यस शेयरमा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिने छ । उक्त संस्थापक शेयर खरीदका लागि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु मात्र सहभागि हुन सक्नेछन् ।
    ईच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मिति २०७७ चैत्र ३ गतेदेखि मिति २०७७ चैत्र १७ गतेसम्ममा बिक्री प्रबन्धक श्री एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी प्रति कित्ता आपूmले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्