News Portal

  • नेपाल बङ्गलादेश बैंकका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने

    आर्थीकसंसार संवाददाता२५ फागुन, २०७७
    ९०७ पटक
    २५ फागुन, २०७७

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकका ग्राहक तथा कर्मचारीले हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धी नेपाल बङ्गलादेश बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता भएको छ ।
    सम्झौतासँगै बैंकका कर्मचारी, कर्मचारीका परिवार तथा सम्पूर्ण खातावालाहरुले हिमाल डेन्टल हस्पिटलको काठमाडौं उपत्यकामा रहेका शाखाहरु तथा काठमाडौं बाहिरका शाखाहरुमा उपचार गराउँदा खर्च भएको रकमको २० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।
    सो सम्झौतामा नेपाल बङ्गलादेश बैंक लिमिटेडको तर्फबाट बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह तथा हिमाल डेन्टल हस्पिटलको तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक डा। राजेन्द्र भट्टले हस्ताक्षर गरेका छन् ।
    सो सम्झौताबाट नेपाल बङ्गलादेश बैंकका कर्मचारी, कर्मचारीका परिवार तथा सम्पूर्ण खातावालाहरु लाभान्वित हुने विश्वास बैकले लिएको छ । हिमाल डेन्टल हस्पिटलको काठमाडौं उपत्यकामा ५ तथा उपत्यका बाहिर ८ वटा हस्पिटल रहेका छन् । उक्त सबै स्थानबाट छुट प्राप्त गर्न सकिने पनि बैंकले जनाएको छ । हाल बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्