News Portal

  • भीएस ग्रुपले नेपाली बजारमा आईप्रोका फिचर फोन उपलब्ध

    आर्थीकसंसार संवाददाता२३ फागुन, २०७७
    १०८२ पटक
    २३ फागुन, २०७७

    काठमाडौं । नेपाली बजारमा आईप्रोका फिचर फोन भित्रिएका छन् । भीएस ग्रुपले आईप्रोका फोनहरु आधिकारिक रुपमा नेपाली बजारमा उपलब्ध गराएको हो । आईप्रोका फिचर फोनको बिक्री–वितरण सन् २०१९ जुलाईदेखि प्रारम्भ भए पनि आधिकारिक रुपमा लन्च गरिएको थिएन ।
    पहिलो चरणमा कम्पनीले आईप्रोका सीमित मोडलका फिचर फोनहरु मात्र बिक्री गर्नेछ भने भने विस्तारै अन्य डिजाइनमा फोनहरु उपलब्ध गराउने छ । कम्पनीले नेपाली उपभोक्ताहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर आईप्रोका फिचर फोन मोडलहरु ल्याउन लागेको हो । आईप्रोका फिचर फोनहरुमा ड्युअल सिम, वायरलेस एफएम, क्यामेरा, मेमोरी कार्ड थप्न सकिने सुविधा, भिडियो रेकर्ड गर्न सकिने सुविधालगायतका विशेषता हुनेछन् ।
    आईप्रो एक चाइनिज मोबाइल फोन उत्पादनकर्ता हो, जसको आफ्नै रिसर्च एन्ड डेभलपमेन्ट प्रविधि छ । संसारका धेरै देशमा यसको उत्पादन हुन्छ । सन् २००१ देखि यी फोन बजारमा उपलब्ध छन् । कम्पनीको रिसर्च एन्ड डेभलपमेन्ट क्षेत्रमा ३ हजार भन्दा बढी जनशक्ति कार्यरत छन् । यसले गर्दा नै आईप्रोले विश्व स्तरीय बारफोन उत्पादन गर्न सफल भएको छ ।
    अमेरिकी र यूरोपेली बजारमा आईप्रोका फोनहरु निकै रुचाइएको छ । आईप्रोले आफ्ना मोबाइल फोनहरु भारत, मलेशिया, इण्डोनेशिया, ल्याटिन अमेरिका, उत्तर अमेरिका र युरोपमा १०० भन्दा बढी देशहरुमा बिक्री गरिरहेको छ । कम्पनीले फिचर फोन, स्मार्टफोन, रग्ड फोनसहितका उत्पादनहरु बिक्री गर्दै आएको छ ।


    आगामी दिनमा आईप्रोका धेरै मोडलहरु समेत नेपाल ल्याउने र चाँडै नै स्मार्टफोन समेत ल्याउने तयारी गरेको छ । काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको आईप्रोले आफ्नो सेवा पूर्व देखि पश्चिम नेपालसम्म दिन सफल भएको छ ।
    भीएस ग्रुपले आफ्नै मोबाइल ब्रान्ड क्यान्भास नेपालसमेत उपलब्ध गराइरहेको छ । सो ग्रुपले क्यान्भास मोबाइल नेपाल भनेर आफ्नो पहिचान गराउने गरेको छ । सन् २०१५ देखि भीएस ग्रुप अफ कम्पनिजले विभिन्न सेवा प्रदान गरिरहेको छ । हाल आईप्रो मोबाइल ब्रान्ड वाहेक ग्रेट एसिया ट्याब्लेट समेत यही ग्रुपले बिक्री–वितरण गरिरहेको छ ।
    आईप्रो सस्तो, भरपर्दो र टिकाउ फिचर फोन हो । साधारण र निम्न आय हुने व्यक्तिहरु तथा ठूला कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई उपलब्ध गराउनका लागि यसको उपयोग गर्न सक्छन् । जस्तोसुकै स्थानमा पनि राम्रो नेटवर्क दिने र लामो समयसम्म ब्याट्री टिक्ने भएकाले यी फिचर फोन निकै नै उपयोगी छन् ।
    नेपाली बजारमा आईप्रोका फिचर फोनहरु ९ सय देखि १० हजार रुपैयाँ मूल्य सम्ममा उपलब्ध छन् । नेपालभरका विभिन्न स्थानमा डिलर र सर्भिस सेन्टर उपलब्ध भएकाले यसका लागि बिक्री पछिको सुविधा समेत प्राप्त गर्न सहज छ ।
    आईप्रो नेपालको वारेमा थप जानकारी लिनका लागि जततउस्ररधधध।अबलखबकलभउब।िलभत मा लगअन गर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्