कावासोती । राष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखाको आयोजनामा सञ्चालित दुईदिने कर्जा तथा जोखिम व्यवस्थापन तालिम बिहीबार सम्पन्न भएको छ ।
सदस्य सहकारी संस्थाहरुको वित्तीय व्यवस्थापनका साथै कर्जा परिचालन र जोखिम न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको थियो ।
सहकारी संघ संस्थाहरुले आफ्ना सदस्यहरुलाई प्रवाह गर्ने कर्जालाई व्यवस्थित तथा जोखिमरहित बनाउनका लागि तालिम सहयोगी भएको सहभागीहरुले बताएका थिए । समापन कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीको नियमित कामलाई प्रभावकारी बनाउनुका साथै सहकारी क्षेत्रको साख बृद्धि गर्नका लागि कर्जा तथा जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सहकारी क्षेत्रले गर्ने काम प्रभावकारी र प्रतिफलमुखी बनाउन सकेमा सिंगो सहकारी अभियानको भूमिका बढ्ने भएकाले सबै सहकारीहरुले आफ्नो संस्थालाई नीतिसम्मत र प्रविधिमैत्री रुपमा सञ्चालनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा तालिमका सहजकर्ता तथा वैंकका तालिम विभागका अधिकृत नारायण वेलवासेले तालिमको प्रभावकारीताका बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रम राष्ट्रिय सहकारी बैंक कावासोती शाखा व्यवस्थापन उपसमितिका संयोजक तिलक पराजुलीको अध्यक्षता र शाखा प्रमुख रुक्मत श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा नवलपुरमा सञ्चालित विभिन्न सहकारी संस्थाका कर्जासँग सम्बन्धित कर्मचारी र सञ्चालक ४० जनाको सहभागिता रहेको थियो ।
सहकारी बैंकको कर्जा तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न
आर्थीकसंसार संवाददाता२१ फागुन, २०७७
२१ फागुन, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने