News Portal

  • नागरिक लगानी कोषको हकप्रद शेयर निष्काशन

    आर्थीकसंसार संवाददाता१ भदौ, २०७७
    ५०८ पटक
    १ भदौ, २०७७

    काठमाडौं । नागरिक लगानी कोषले १ कित्ता शेयर बराबर शुन्य दशमलब आठ दुई आठ चार (१ः०.८२८४) का दरले साबिकका शेयरधनीलाई हकप्रद शेयर जारी गर्ने भएको छ । प्रति शेयर १ सय रुपैयाँका दरले १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद शेयरको १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय मात्र रकम बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
    उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको छ । हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    प्रतिकृया दिनुहोस्