News Portal

  • सूर्या लाइफको ‘सूर्या चौरासी पूजा’ बीमा योजना सुरु

    आर्थीकसंसार संवाददाता८ फागुन, २०७७
    २९८९ पटक
    ८ फागुन, २०७७

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या चौरासी पूजा’ नामक नयाँ बीमा योजना बजारमा ल्याएको छ । दीर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ शुक्रबार एक कार्यक्रमकाबीच इन्स्योरेन्सले यो योजना बजारमा ल्याएको हो । बीमा योजनाको शुभारम्भ शताब्दी पुरुष सत्यमोहन जोशीले उद्घाटन गरे ।
    यो योजनामा बीमितको उमेर चौरासी वर्ष पुग्दासम्म रक्षावरण गर्ने छ भने ‘सूर्या चौरासी पूजा’ बीमा योजनाले बीमाङ्कको २५० प्रतिशतसम्म बीमा कभर प्रदान गर्ने छ । साथै बीमितले बीमाशुल्क भुक्तानी अवधिपश्चात एकमुष्ठ आर्जित बोनस प्राप्त गर्नुका साथै सो पश्चात निजको उमेर ८३ वर्ष नपुग्दासम्म बीमाङ्कको ६ प्रतिशतका दरले वार्षिक पेन्सनसमेत प्राप्त हुनेछ । अन्तत बीमितको उमेर ८३ पुरा भइ ८४ मा प्रवेश गर्दा बीमितलाई बीमाङ्कको १५० प्रतिशत रकम बिमा वापतको अन्तिम भुक्तानी प्राप्त हुनेछ र सो रकमबाट बीमितले निजको चौरासी पूजा उत्सवका रुपमा धुमधामका साथ मनाउन सक्नेछन् ।
    ‘सूर्या चौरासी पूजा’ बीमा योजना १६ वर्षदेखि ६० वर्षसम्म उमेरका व्यक्तिहरुले १० देखि ५० वर्षसम्म बीमाशुल्क भुक्तानी अवधिका लागि खरिद गर्न सक्नेछन् । न्युनतम १ लाख रुपैयाँ बीमाङ्कक तोकिएको सो बीमा योजना एकल भुक्तानी तरिकामा समेत उपलब्ध रहेको छ, भने बीमा प्रारम्भको दुई वर्षपछि बीमा अवधिभर बीमा समर्पण र बीमालेख धितोमा कर्जा सुविधाको समेत व्यवस्था रहेको छ ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले सूर्या लाइफ इन्स्योरेन्सले यो योजनाको शुभारम्भ गरेकोमा खुसी व्यक्त गर्दै सफलताको शुभकामना दिएका छन् । साथै उनले आगामी दिनमा यस योजनाले बृद्ध, बृद्धालगायत उत्पीडितलाई सहयोग पुग्नेमा आपूm विश्वस्त रहेको बताए । जोशीले चौरासी पूजा के हो ? कस्तो हो भन्ने विषयमा जोशीले प्रकाश पारेका थिए ।
    साथै कम्पनीले सोही कार्यक्रममार्फत शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान समेत गरेको छ । यस्तै कम्पनीले संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत निःसहाय सेवा प्रदान, शान्तिनगरलाई तीन दिनको खर्च बाराबरको रकम सहयोग समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्