काठमाडौं । सिदार्थ बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गोंगबु क्षेत्रका होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । बैंकले शुक्रबार नेपाली होटल व्यवसायी संघसँग आवद्ध ५० होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम, गोंगबु शाखा प्रबन्धक मिनबहादुर चौलागाई, नेपाली होटल व्यवसायी संघका महासचिव गणेश ढकाल साथै होटल व्यवसायी सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा शम्भुनाथ गौतमले श्रमिक गेष्ट हाउसमा क्यूआर कोडमार्फत भुक्तानी गरी कार्यक्रम सम्पन्न गरेका हुन् । उक्त क्यूआर कोड सेवा सुरु भएसँगै ग्राहकहरुले नेपाली होटल व्यवसायी संघअन्तर्गतमा रहेका होटल तथा लजहरुमा आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी होटल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् । बैंकले आगामी दिनहरुमा क्युआर कोड चलाउने होटल संख्या थप गर्ने कार्यलाई निरन्तरता दिँदै जाने योजना रहेको जनाएको छ ।
सिदार्थ बैंकद्वारा होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण
आर्थीकसंसार संवाददाता७ फागुन, २०७७
७ फागुन, २०७७- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता