News Portal

  • वाग्मती प्रदेश उपसभामुखलाई कोरोना संक्रमण

    आर्थीकसंसार संवाददाता१ भदौ, २०७७
    ४७० पटक
    १ भदौ, २०७७

    काठमाडौं । वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । उपसभामुख तामाङको हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण रिपोर्ट पोजेटिभ आएको हो ।
    उनीसहित उनका छोरालाई समेत कोरोना संक्रमण पुष्टि भएको र स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।
    नुवाकोटा जिल्ला दुप्चेश्वर गाउँपालिका–६ का वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा उपभासमुखको स्वाब परीक्षण गरिएको थियो । ‘वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङको क्रममा स्वाब परीक्षण गराउँदा सोमबार रिपोर्ट पोजिटिभ आएको हो । उहाँसहित सचिवालयको सबैको स्वाब परीक्षण गरिएको थियो ।’ सचिवालयले भनेको छ ।
    सचिवालयले उपसभामुखको सम्पर्कमा आएका सबै जनालाई जानकारी गराइसकेकाले समुदायलाई कोरोना भाइरस संक्रमणको विषयमा त्रसित नबन्नसमेत आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्