News Portal

  • गभर्नर अधिकारी होम क्वारेन्टाइनमा

    आर्थीकसंसार संवाददाता१ भदौ, २०७७
    ८०३ पटक
    १ भदौ, २०७७

    काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी होम क्वारेन्टाइनमा बसेका छन् । गभर्नर अधिकारी कोरोना संक्रमणको उच्च सतर्कताका अपनाउँदै होम क्वारेन्टाइनमा बसेका हुन् । राष्ट्र बैंक केन्द्रीय कार्यालयमा दुई जनालाई कोरोना संक्रमण देखिएपछि गभर्नर अधिकारी घरमा नै बस्न थालेका हुन् ।
    अहिलेसम्म राष्ट्र बैंकका चार जनालाई कोरोना संक्रमण देखिसकेको छ । केन्द्रीय कार्यालयका दुई र वीरगञ्ज कार्यालयका दुई जनालाई संक्रमण देखिसकेको छ । दिनदिनै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि केन्द्रीय बैंकको प्रमुख भएकाले उनले सतर्कता अपनाएको हुनसक्ने सम्भावना रहेको बुझिन्छ ।
    गत साता राष्ट्र बैंकका एक कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सम्पूर्ण कर्मचारीको स्वाव परीक्षण गरिएको थियो । यसै क्रममा अर्का एक जनालाई पनि पोजेटिभ देखिएको हो । संक्रमणको जोखिमलाई न्युनीकरण गर्न गभर्नर अधिकारीले घरमै बसेर आवश्यक कार्यसम्पादन गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्