News Portal

  • माछापुच्छ्रे बैंकको धनगढीस्थित त्रिनगर कृषि हाटबजारमा क्युआर कोड सेवा

    आर्थीकसंसार संवाददाता४ फागुन, २०७७
    ४३४ पटक
    ४ फागुन, २०७७

    काठमाडौं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेश त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । मंगलबार बिहान नेपाल राष्ट्र बैंकका निर्देशक सुवाषचन्द्र घिमिरेले त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गर्नुभएको हो ।
    सो क्युआर कोड सेवा सुरु भएसँगै त्रिनगर कृषि उपज हाटबजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल सञ्चालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।
    सोही कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका निर्देशक सुभाषचन्द्र घिमिरेले काठमाडौं बाहिर रहेको कृषि बजारमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले सबै तहका उपभोक्तामा डिजिटल सेवाको पहुँच पुग्ने तथा बचत गर्ने बानी र समयको पनि सदुपयोग हुने कुरा बताउनुभयो । उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका नायव महाप्रबन्धक सर्जुकुमार थापाले माछापुच्छ्रे बैंक देशका हरेक तह र तप्कामा परिस्कृत र परिमार्जित सेवा प्रदान गर्न हरदम तत्पर रहेको बताउनुभयो ।
    उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक सुभाषचन्द्र घिमिरेले गोलभेडा तथा टपरी किनेर क्युआर कोडमार्फत उक्त सामानको रकम भुक्तानी गरी क्युआर कोड सेवाको शुभारम्भ गर्नुभएको थियो । सो हाट बजारमा रहेका अधिकांश पसलमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भइसकेको छ ।
    स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कमर्शियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईनमार्फत खाता एवं मुद्धती खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

    प्रतिकृया दिनुहोस्