News Portal

  • किसान लघुवित्तको नाफामा उल्लेख्य बृद्धि

    आर्थीकसंसार संवाददाता३ फागुन, २०७७
    १९३१ पटक
    ३ फागुन, २०७७

    काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो नाफा ७३१.१७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा संस्थाले ४४ लाख ७६ हजार खुद नाफा आर्जन गरेको थियो ।
    संस्थाको चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ र जगेडा तथा कोष १० करोड ८० लाख रुपैयाँ रहेको छ ।
    चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म संस्थाले सञ्चालन मुनाफा बापत ३ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष संचालन मुनाफा २४ लाख ४४ हजार रुपैयाँमा सीमित थियो । संस्थाले १७ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यस्तो आम्दानी ३ करोड ८९ लाख रुपैयाँमा सीमित थियो । समीक्षा संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ९.४७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ५२ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्