News Portal

  • प्रेस काउन्सिल सदस्यमा पाण्डे र भण्डारी नियुक्त

    आर्थीकसंसार संवाददाता३२ साउन, २०७७
    ७६५ पटक
    ३२ साउन, २०७७

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै पत्रकार दिपक पाण्डे र आर्थिक पत्रकार दुर्गा भण्डारीलाई प्रेस काउन्सिल नेपालको सदस्य पदमा नियुक्त गरेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार काउन्सिलको सदस्यमा पाण्डेसहित अर्का पत्रकार भण्डारी पनि नियुक्त भएका हुन् ।
    नेपाल पत्रकार महासंघ, लेखा समितिका पूर्व संयोजक तथा प्रकाश साप्ताहिकका सम्पादक/प्रकाशक पाण्डे काठमाडौमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका छन् । पाण्डे प्रकाश साप्ताहिकदेखि विभिन्न पत्रिका हुँदै हाल जनता टेलिभिजनमा कार्यरत छन् । त्यसैगरी पोखरामा लामो समय पत्रकारिता र पछिल्लो समय कानुन व्यवसायीका रुपमा स्थापित भण्डारी नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य र प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको सचिवसमेत भइसकेकी भण्डारीले विभिन्न पत्रपत्रिकामा आर्टिकल लेख्दै आएकी छन् ।

    प्रतिकृया दिनुहोस्