News Portal

  • सिदार्थ बैंकका ग्राहकले सिदार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिमा छुट पाउने

    आर्थीकसंसार संवाददाता२८ माघ, २०७७
    ४२७ पटक
    २८ माघ, २०७७

    काठमाडौं । सिदार्थ बैंक र काठमाडौंको तिनकुनेस्थित सिद्घार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
    सो सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख रविन मल्ल र सिद्घार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिका तर्फबाट बिक्री तथा बजार व्यवस्थापनका निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरे ।
    सम्झौताअनुसार बैंकका ग्राहकहरुले सिदार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीअन्तर्गत देशभर रहेका होटल, रेष्टुरेन्ट, रिसोर्ट तथा क्याफेहरुमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्गमार्फत होटल बसाई, खाना, बेबरेजका लागि भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    प्रतिकृया दिनुहोस्