News Portal

  • रिलायबल लाइफको बीमा शुल्क आर्जन १७ प्रतिशतले बृद्धि

    आर्थीकसंसार संवाददाता३२ साउन, २०७७
    ४०५ पटक
    ३२ साउन, २०७७

    काठमाडौं । रिलायबल नेपाल लाइफले चौथो त्रैमासको अवधिसम्ममा १ अर्ब ५७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत वर्षको सोही अवधिमा १ अर्ब ३३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको थियो । कम्पनीको खुद बीमा शुल्क आर्जन १७ प्रतिशत बढी हो ।
    कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीको चौथो त्रैमासको अवधिमा कम्पनीको खुद नाफा २१ करोड ४३ लाख रुपैंया नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत वर्षको सोही अवधिमा १९ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा १० प्रतिशतले बढेको हो ।
    कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६४ करोड रुपैंया संचित रहेको छ भने जीवन बीमा कोष १ अर्ब १७ रुपैंया छ । कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३१ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्