News Portal

  • एनएमबि बैंकको एटिएम बि एण्ड बि हस्पिटलमा सञ्चालन

    आर्थीकसंसार संवाददाता२७ माघ, २०७७
    ७६९ पटक
    २७ माघ, २०७७

    काठमाडौं । एनएमबि बैंकले बि एण्ड बि हस्पिटलमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालमा उपचारको लागि आउने व्यक्ति तथा कर्मचारीहरुलाई सहज होस् भन्ने उद्देश्यले एटिएम सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
    उक्त सेवाको उद्घाटन एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बि एण्ड बि बोर्डको तर्फबाट डा. सरोज बैंद्यले संयुक्त रुपमा गरे । एनएमबि बैंकले हाल देशभरी १८० शाखाहरु, १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्