News Portal

  • युनियन लाईफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन चार अर्ब

    आर्थीकसंसार संवाददाता३२ साउन, २०७७
    ४३२ पटक
    ३२ साउन, २०७७

    काठमाडौं । युनियन लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षसम्म ४ अर्ब माथि कुल बीमा शुल्क आर्जन गरेको छ । आर्थिक वर्ष ०७५/७६ मा कम्पनीले ३ अर्ब ६ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।
    कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद बीमा शुल्क आर्जन रकम २ अर्ब ९४ करोड बाट वृद्धि भएर आर्थिक वर्ष ०७६/७७ मा ४ अर्ब ५० करोड पुगेको छ । १ अर्ब ५० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ४४ करोड ८५ लाख पुगेको छ । त्यस्तै जीवन बीमा कोष २ अर्ब १४ करोडबाट वृद्धि भएर ४ अर्ब २८ करोड पुगेको छ । खुद मुनाफा ६ करोड ८९ लाख बाट वृद्धि भएर ९ करोड ७० लाख पुगेको छ ।

    प्रतिकृया दिनुहोस्