News Portal

  • नेकपाले बोलायो सचिवालय बैठक

    आर्थीकसंसार संवाददाता३२ साउन, २०७७
    ५७१ पटक
    ३२ साउन, २०७७

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भदौ १ गते सोमबारका दिन सचिवालय बैठक बोलाएको छ ।
    नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले केही दिनयता पार्टीभित्र उठेको विवादको समाधान खोज्न कार्यदल गठन गरेपछि सोही पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले विधि पद्धतिको मुद्दा उठाएका थिए ।
    नेतात्रयले शनिबार पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर पार्टी सचिवालयको बैठक राखेर कार्यदल गठन गर्नु उपयुक्त हुने धारणा राखेपछि उक्त बैठक बोलाएको हो । सोमबार विहान साढे ९ बजे सचिवालय बैठक बोलाइएको हो ।

    प्रतिकृया दिनुहोस्