News Portal

  • कीर्तिपुर नगरपालिकाले सबै बैंकिङ्ग कारोबार कृषि विकास बैंकमार्फत हुने

    आर्थीकसंसार संवाददाता२१ माघ, २०७७
    ११८५ पटक
    २१ माघ, २०७७

    काठमाडौं । किर्तिपुर नगरपालीकाले आफ्नो सम्पुर्ण बैंकिङ्ग कारोबार कृषि विकास बैंक मार्फत गर्ने भएको छ । सोमबार नगरपालिका र बैकबीच यस्तो सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र कीर्तिपुर नगरपालिकाको तर्फबाट नगर प्रमुख रमेश महर्जनले हस्ताक्षर गरेको थिए ।
    नगरपालिकाले ५ वर्षसम्म सम्पूर्ण बैंकिङ्ग कारोबार कृषि विकास बैंकमार्फत गर्न जनाएको छ । नगरपालिकाकादनगर प्रमुख महर्जनले उक्त सहकार्यले दुवै संस्थालाई एक ठाँउमा ल्याएको र यसको लाभ दुवैलाई मिल्ने बताए । यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले पुरानो तथा किसानको बाहुल्यता रहेको नगरपालिकासँग प्रत्यक्ष रुपमा जोडिन पाउँदा संस्था गौरवान्वित भएको बताए । पाँच बर्षको लागि भएको सम्झौतामा बैंकले नगरपालिकाका स्थायी कर्मचारीलाई बिना धितो १५ लाखसम्म तलबी खाता कर्जा तथा सापट उपलब्ध गराउने छ । यस्त बैंकले नगरपालिका क्षेत्रमा बसोबास गर्ने किसान, विद्यार्थी तथा उद्यमिका लागि लागि सहुलियत दरमा कृषि, शैक्षिक तथा व्यावसायिक कर्जा प्रदान गर्नेछ ।

    प्रतिकृया दिनुहोस्