News Portal

  • नेरुडे लघुवित्तद्वारा कोरोना उपचार कोषमा आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता३२ साउन, २०७७
    ४४४ पटक
    ३२ साउन, २०७७

    काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १४ लाख ५५ हजार १ सय १८ रुपैया २९ पैसा जम्मा गरेको छ ।
    नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ अषाढ मसान्तसम्म जम्मा रहेको रकम सहयोग गरेको हो ।
    नेरुडेले यसअघि २०७६ चैत २६ गते उक्त कोषमा ५ लाख रुपैयाँ र लकडाउनको कारण ग्रामिण तथा शहरी क्षेत्रका विपन्न वर्गका ब्यक्तिहरुको दैनिकी संचालनमा समस्या आईरहेको र उनीहरुको दैनिकीलाई केही भए पनि सहज बनाउन आफ्ना कार्यालय भएका ३१ जिल्लाका ८७ वटा कार्यालय रहेका स्थानीय तह (वडा÷नगरलाई)लाई राहत वितरणको लागि दश हजारका दरले सहयोग गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्