News Portal

  • ज्योति लाइफको एक अर्ब ४४ करोड रुपैयाँको बीमा शुल्क आर्जन

    आर्थीकसंसार संवाददाता१७ माघ, २०७७
    १९३४ पटक
    १७ माघ, २०७७

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा १० करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको यही अवधिको तुलनामा कम्पनीले ५६.५६ प्रतिशतले नाफा बढाएको हो । गत वर्षको यही अवधिमा ६ करोड ८९ लाख रुपैयाँ नाफा गरेको थियो ।
    बीमा शुल्क आर्जन ९२ प्रतिशतले बढेको छ । दोस्रो त्रैमाशिक अवधिमा कम्पनीले एक अर्ब ४४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यही अवधिमा ७५ करोड १३ लाख रुपैयाँ थियो ।
    कम्पनीले बीमा पोलिसी धितोमा राखेर कर्जा प्रदान गर्नुका साथै अन्य विभिन्न क्षेत्रमा लगानी गरेर ११ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तो आम्दानी गत वर्षको भन्दा ९३ प्रतिशतले बढेको हो । नाफामा सुधारसँगै कम्पनीको जगेडा कोष थप ४४ प्रतिशतले बढेर ४८ करोड २४ लाख रुपैयाँ पुगेको छ ।
    कम्पनीले यस वर्ष पोलिसी संख्या ७६ प्रतिशतले बढाएको छ । कम्पनीले १६ हजार ६८६ वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । यस वर्ष कम्पनीले १५ करोड १७ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत वर्षको यही अवधिमा १८ लाख तीन हजार रुपैयाँको दाबी भुक्तानी गरेको थियो । यस वर्ष दाबी भुक्तानी ८ गुणाले बढेको छ । नाफामा सुधारसँगै कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँले बढेर १४ रुपैयाँ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्