काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप प्रभावकारी बनाउन नयाँ कर्जा सुविधाहरु सार्वजनिक गरेको छ । बैंकले नयाँ कर्जा सुविधाहरुअन्तर्गत ‘Garima Easy SME Loan’ र ‘Garima Easy Home Loan’ सार्वजानिक गरेको हो । हाल विश्वमा आएको महामारी कोभिड–१९ का कारण विश्व अर्थतन्त्र शिथिल भएको बेलामा हाम्रो देश पनि यसबाट टाढा रहन सकेन । यस विषम परिस्थितिमा बढ्दो बेरोजगार तथा उद्यमीहरुको उद्यमशीलतामा समेत ह्रास आएको बेलामा उद्यमीहरुलाई सरल र सहज तवरबाट कम व्याजदरमा कर्जा सुविधा दिएर लगानीको वातावरण सृजना तथा उद्यमशीलताको विकाससँगै रोजगार सृजनामा ठुलो टेवा पुगोस् भनी बजारमा थप आक्रामक तवरबाट बजार विस्तार गर्न गरिमा विकास बैंकले ग्राहकमैत्री कर्जा सुविधाहरु लिएर आएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।
दुवै कर्जा सुविधाहरु ८.८८% ब्याजदरमा उपलब्ध भएको र धितो मूल्याङ्कनको शतप्रतिशत ‘Garima Easy SME Loan’ मा लगानी गर्न सकिने छ भने कर्जाको प्रकृति हेरी लागतको शतप्रतिशतसम्म’Garima Easy Home Loan’ मा कर्जा प्रवाह गर्न सकिने बैंकले जानकारी दिएको छ । साथै अन्य बैंक तथा वित्तीय संस्थाबाट निःशुल्क कर्जा सार्न सकिने र दुवै कर्जाको सेवा शुल्कमा पनि ५०% सम्म छुट सुविधा पाउन सकिने छ । हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा दिँदै आइरहेको छ ।
गरिमा विकास बैंकद्वारा नयाँ कर्जा सुविधाहरु सार्वजनिक
आर्थीकसंसार संवाददाता१७ माघ, २०७७
१७ माघ, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने