News Portal

  • एशियन लाईफ इन्स्योरेन्सको नयाँ शाखा दैलेखमा

    आर्थीकसंसार संवाददाता१४ माघ, २०७७
    ८५४ पटक
    १४ माघ, २०७७

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको दैलेखमा ४०औं शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले माघ १३ गतेदेखि उक्त स्थानको उपशाखा कार्यालयलाई शाखाको रुपमा स्तरोन्नती गरी सञ्चालनमा ल्याएको हो ।
    कम्पनीका सञ्चालक समिति अध्यक्ष दिपककुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ र सहायक महाप्रबन्धक विजय पराजुलीको समेत उपस्थिति रहेको थियो ।
    दैलेख शाखासहित कम्पनीको शाखा कार्यालय ४० र उपशाखा १०४ पुगेको छ । कम्पनीले चालु आर्थिक वर्षमा ४ वटा उपशाखालाई शाखामा स्तरोन्नती र ४ वटा नयाँ उपशाखा सञ्चालनमा ल्याएको छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाव्यताको आधारमा थप शाखा तथा उपशाखा कार्यालयहरु विस्तार गर्दै लैजाने कम्पनीले जनाएको छ ।
    कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, आजीवन र म्यादीसहित २२ वटा बीमा योजना प्रचलनमा ल्याएको छ । ५ अर्ब अधिकृत पुँजी रहेको यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ २०७७ असोज मसान्तसम्म जीवन बीमाकोष २३ अर्ब ६ करोड रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्