काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले आज सार्वजनिक गरेका दोस्रो त्रैमासका अनुसार गत आर्थिक वर्षको सोही तुलनामा ३९.८७ प्रतिशतले बढाउन सफल भएको हो ।
बैंकले गत वर्ष सोही अवधिमा १ अर्ब ८ करोड रुपैयाँ नाफा गरेको थियो । दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब ६९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो । यस्तै, बैंकको खुद व्याज आम्दानी पनि बढेको छ । बैंकको खुद व्याज आम्दानी २ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४२.७३ प्रतिशत बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । ११ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले चालु आवको ६ महिनासम्म १ खर्ब ६२ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै, बैंकले १ खर्ब २६ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १५.३२ गुणा मात्र रहेको छ । बैंकले खराब कर्जा २.०६ प्रतिशत रहेको छ भने आधार दर ७.२४ प्रतिशत रहेको छ ।
प्रभु बैंकको ३९.८७ प्रतिशतले नाफामा बृद्धि
आर्थीकसंसार संवाददाता१४ माघ, २०७७
१४ माघ, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान