काठमाडौं । युनाईटेड इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार सो कम्पनीको मुनाफा ६० प्रतिशतले बृद्धि भएको छ भने बीमा शुल्क आम्दानी उल्लेख्य रुपमा बढेको छ ।
कम्पनीको खुद बीमा शुल्क आम्दानी ३७ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा २३ करोड सात लाख ५२ हजार रुपैयाँ खूद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आवमा ३१ करोड ८० लाख २२ हजार २६० रुपैयाँ आर्जन गरेको छ । गत आवमा कम्पनीले बीमा व्यवसाय आठ करोडले थप विस्तार गर्न सफल भए पनि सर्वोच्च अदालतमा चलेको मुद्दाको कारण केही रकम प्रोभिजनमा परेपछि मुनाफा खुम्चिएको हो ।
युनाईटेड इन्स्योरेन्सले जगेडा कोष, बीमा कोष तथा महाविपत्ति कोष समेतमा गरी कूल ३९ करोड एक लाख २७ हजार ३१० रुपैयाँ जम्मा गरेको छ । यसअघि कोषमा जम्मा ३२ करोड ५७ लाख रुपैयाँ थियो । सो कम्पनीको कोषको आधार निकै ठूलो बनाउन सफल भएको छ । युनाईटेड इन्स्योरेन्स कम्पनीको व्यवस्थापन खर्च सामान्य बृद्धि भएको छ । कम्पनीले गत आवमा १६ करोड ७७ लाख ४९ हजार ७९० रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको तुलनामा जम्मा २४ प्रतिशतले बढी हो ।
युनाईटेड इन्स्योरेन्सको दावी भुक्तानी ३२ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १९ करोड दावी भुक्तानी गरेको कम्पनीले चालु आवमा जम्मा १२ करोड ८३ लाख मात्रै भुक्तानी गरेको छ । कोरोना महामारीको कारण बीमा सवारी साधन तथा अन्य उद्योग कलकारखाना नचलेपछि बीमा प्रायः सबै बीमा कम्पनीहरुको दावी भुक्तानी घटेको छ । युनाईटेड इन्स्योरेन्स कम्पनीको पनि करिब छ करोड रुपैयाँ दावी भुक्तानी घटेको हो ।
एक अर्ब दुई करोड ८१ लाख ६० हजार चुक्ता पुँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी ३.३२, मूल्य आम्दानी अनुपात १११.५३, प्रतिशेयर नेटवर्थ १३७.९४, प्रतिशेयर कूल सम्पत्तिको मूल्य २३५.७१ रहेको छ ।
युनाईटेड इन्स्योरेन्सको मुनाफामा ६० प्रतिशतले बृद्धि
आर्थीकसंसार संवाददाता३२ साउन, २०७७
३२ साउन, २०७७- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- स्थापना दिवसको अवसरमा ओरिएण्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा १५ प्रतिशतसम्म छुट
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक