काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथो त्रैमासको अवधिमा ५८ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
कम्पनीले गत वर्षको सोही अवधिमा ६६ करोड ३८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा २१ दशमलव ४३ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा कम्पनीको नाफा ११ प्रतिशतले घटेर २० करोड ४१ लाख रुपैयाँमा सिमित भएको । अघिल्लो वर्ष कम्पनीले २५ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
अघिल्लो वर्ष ५६ करोड ९८ लाख रुपैयाँ रहेको बीमा कोषको आकार असारसम्ममा ६४ करोड ४५ लाख रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा १ अर्ब १४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ भने जगेडा कोषमा २४ करोड १२ लाख रुपैयाँ छ ।
यस अवधिमा कम्पनीले कुल ७६ करोड ८४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ६७ करोड ८ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी १७ रुपैयाँ ८८ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ ८३ पैसा छ ।
लुम्बिनी इन्स्योरेन्सको खुद बीमा शुल्क र नाफा घट्यो
आर्थीकसंसार संवाददाता३२ साउन, २०७७
३२ साउन, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान