काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आगामी माघ २८ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आफ्नो २०औं वार्षिक साधारणसभा सो दिन बिहान ९ बजे वीरगञ्जको होटल भिष्वामा गर्ने भएको हो ।
सभाले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै छ । कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको ३१ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश गरी कूल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई सभाले अनुमोदन गर्ने भएको हो ।
त्यस्तै, सभाले कम्पनीको प्रतिसेयर मूल्य एक सय रुपैयाँलाई परिवर्तन गरी प्रति सेयर ५० रुपैयाँ कायम गर्ने कम्पनी सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्दै छ । इन्स्योरेन्स सञ्चालक समितिको बैठकले कम्पनीको विद्यमान प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्थाअनुसार कम्पनीको सेयर मूल्य एक सय रुपैयाँ रहेकोमा सो सेयर मूल्यसम्बन्धी व्यवस्थालाई परिवर्तन गरी प्रतिसेयर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव गरेको हो । उक्त व्यवस्थालाई ‘स्टक स्प्लीट’ पनि भनिन्छ, जुन सम्बन्धित निकायबाट स्वीकृत भएपछि मात्र लागु हुने कम्पनीले जनाएको छ । त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ ।
सभामा जाने प्रयोजनको लागि कम्पनीले माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यससँगै माघ १३ गतेसम्म कायम सेयरधनीहरु कम्पनीको साधारण सभामा सहभागी हुन तथा कम्पनीले वितरण गर्ने लाभांश पाउन योग्य हुनेछन् ।
नेपाल लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा बोलायो
आर्थीकसंसार संवाददाता६ माघ, २०७७
६ माघ, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान