News Portal

  • नेपाल पुनर्बीमाबाट बाहिरिँदै युनाइटेड अजोड, पौने १ अर्बको सेयर बिक्रीमा राख्यो

    आर्थीकसंसार संवाददाता२९ फागुन, २०८२
    ७ पटक
    २९ फागुन, २०८२

    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स नेपाल पुनर्बीमा (नेपाल रिइन्स्योरेन्स) कम्पनीबाट बाहिरिने भएको छ । युनाइटेड अजोड इन्स्योरेन्सले पुनर्बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको पौने १ अर्ब रूपैयाँको सेयर बिक्री गरेर बाहिरिन लागेको हो ।

    युनाइटेड अजोड इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको २१ लाख ७१ हजार ९३५ कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ तोकेको छ । सो मूल्यका आधारमा युनाइटेड अजोड इन्स्योरेन्सले ८६ करोड ८७ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो ।

    खरिद गर्न इच्छुकले तोकिएको न्यूनतम मूल्य वा सो भन्दा बढी तोकि आवेदन दिनुपर्नेछ । बोलपत्र पेस गर्दा कम्तीमा १ लाख कित्ता सेयरका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्