News Portal

  • महालक्ष्मी बैंकले संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने

    आर्थीकसंसार संवाददाता६ माघ, २०७७
    ७३२ पटक
    ६ माघ, २०७७

    काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने भएको छ । संस्थाले हाल रहेको संस्थापक र सर्वसाधारण सेयर समूहको अनुपात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गर्ने भएको हो ।
    यसअघि संस्थाको संस्थापक र सर्वसाधारण सेयर समूहको अनुपात ५२.४९ र ४७.५१ रहेको थियो । विकास बैंकले नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनअनुसार हालको सेयरधनी अनुपातलाई रुपान्तरण गर्न लागेको हो । यससँगै आफ्नो नाममा रहेको संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्न नचाहने सेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स्वः घोषणा विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ । उनीहरुले उक्त विवरण काठमाडौंको दरबारमार्गमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने छ ।
    यदि तोकिएको म्यादभित्रै स्वःघोषणा विवरण पेश नगर्ने सेयरधनीको पछि उजुरी नलाग्ने कम्पनीले जानकारी गराएको छ । कम्पनीले आज माघ ६ गते उक्त सूचना जारी गरेको हो । यससँगै स्वःघोषणा विवरण पेश गर्नेले यो मितिको ३५ दिनभित्रै बुझाउनु पर्ने छ । साथै, सेयर अभौतिकीकरण नगर्ने सेयरधनीले समयमै सेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्