१४ फागुन, २०८२काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा बीमा सेवाको आधुनिकीकरणमा महत्वपूर्ण कोसेढुंगा सावित हुने आफ्नो उन्नत डिजिटल बीमा प्लेटफर्मको आजबाट औपचारिक शुभारम्भ गरेको छ ।
नयाँ प्लेटफर्ममार्फत ग्राहकहरूले अब निम्न सुविधाहरु प्राप्त गर्न सक्नेछन्
अनलाइनबाट बीमा पोलिसी खरिद गर्न सक्नेछन् ।
डिजिटल माध्यमबाट बीमा दाबी दर्ता गर्न सक्नेछन् ।
दाबीको अवस्था Real-time पद्धती मार्फत जानकारी लिन सक्नेछन् ।
दाबी सम्बन्धी आवश्यक कागजातहरु अपलोड गरी पेश गर्न सक्नेछन् ।
साथै, नियुक्ती गरिएका बीमा दाबीसंग सम्बन्धित सर्वेयरहरूले आफ्नो सर्वे प्रतिवेदन कम्पनीको सुरक्षित पोर्टलमार्फत प्रत्यक्ष रूपमा अपलोड गर्न सक्नेछन्, जसले दाबी प्रक्रिया छिटो बनाउनुका साथै समन्वयलाई अझ प्रभावकारी बनाउनेछ ।
यस डिजिटल रूपान्तरणले शाखा कार्यालयमा भौतिक उपस्थितिको आवश्यकता हटाई कागजी कार्य घटाउने, मूल्यवान समय बचत गर्ने तथा ग्राहक सुविधा सरलीकृत गर्न मद्धत गर्नेछ, कम्पनीको विज्ञप्तीमा उल्लेख छ । यो प्लेटफर्मले पारदर्शिता, दक्षता र पहुँचयोग्यता सुनिश्चित गर्दै बीमा सेवालाई जुनसुकै समय र स्थानबाट ग्राहकसम्म पुऱ्याउनेछ र नेपालको बीमा बजारका लागि यो प्रयास कोशेढुंगा साबित हुनेछ, कम्पनीले भनेको छ । प्रविधिको उपयोगमार्फत ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले सञ्चालन दक्षता तथा सुशासन सुदृढ गर्दै ग्राहक केन्द्रित सहज सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्तीले यस पहलले कम्पनीको नवप्रवर्तन, सेवा उत्कृष्टता तथा डिजिटल सशक्तीकरणप्रतिको प्रतिबद्धता झल्काउने बताए । सबै प्रयोगकर्ताका लागि सुरक्षित तथा भरपर्दो कारोबार सुनिश्चित गर्न प्लेटफर्ममा विशेष सुरक्षाको व्यवस्था गरिएको छ ।
ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेड विश्वसनीय बीमा समाधान प्रदान गर्न प्रतिबद्ध रहँदै डिजिटल युगमा ग्राहकका परिवर्तित आवश्यकताहरू पूरा गर्न निरन्तर लागि रहने छ, प्रेस विज्ञप्तीमा भनिएको छ ।

