News Portal

  • सिद्धार्थ बैंकद्वारा पुस्तकालय भवन निर्माणका लागि आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता४ माघ, २०७७
    ७२८ पटक
    ४ माघ, २०७७

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको टोखास्थित फ्रेण्डशिप फाउन्डेशन नेपाललाई सामाजिक उत्तरदायित्वअन्तर्गत दुई लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले फ्रेण्डशिप फाउन्डेशन नेपालका अध्यक्ष प्रकाशबाबु पौडेललाई हस्तान्तरण गरेको हो ।
    बैंकबाट प्राप्त सो रकम फ्रेण्डशिप फाउन्डेशन नेपालले गण्डकी प्रदेशको गोरखा सिरानचोक गाउँपालिका–१, केराबारीस्थित शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालयको भवन निर्माण गर्नका लागि उपयोग गर्नेछ । विभिन्न सामाजिक परियोजनाका कार्यमा कार्यरटत हँुदै आएकोे उक्त फाउन्डेशनलाई बैंकले प्रदान गरेको सो रकम सहयोगबाट त्यस क्षेत्रमा अध्ययनका लागि पूर्वाधारको निर्माण हुने र आवश्यक अध्ययन सामग्रीको लागि सजिलो पहुँच पुग्ने विश्वास बैंकको रहेको छ ।
    बैंकले हरेक आर्थिक वर्ष आफ्नो खुद नाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले वित्तीय साक्षरता, वातावरण, शिक्षा, स्वास्थ्य, दुर्गम र विपन्न वर्ग समुदायको विकास, दैवी प्रकोप व्यवस्थापन, सांस्कृतिक प्रवद्र्धन, दिगो विकास आदिजस्ता क्षेत्रहरुमा सहभागिता जनाउँदै सकारात्मक परिवर्तनका लागि विभिन्न योगदान पुर्याउँदै आएको छ र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकले लिएको छ ।

    प्रतिकृया दिनुहोस्