काठमाडौं । माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाले भदौ ३ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने भएको छ । लमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको आयोजनाले सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्काशन गर्न लागेको हो । आयोजनाले सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार मूल्यको ३५ लाख ६४ हजार नौ सय ३० कित्ता सेयर निष्काशन गर्नेछ ।
स्थानीयका लागि छुट्याइएको १५ लाख कित्तामध्ये १३ लाख १५ हजार नौ सय ३० कित्ता सेयर बिक्री भएको थिएन । बिक्री नभएको र सर्वसाधारणका लागि छुट्याइएको २२ लाख ५० हजार कित्ता सेयर वितरण गर्न लागिएको हो ।
आयोजना प्रभावित स्थानीयले खरिद नगरेको सेयरलाई पनि गाभेर सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ । कम्पनीको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले प्रतिकित्ता सय रुपैयाँमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म खरिद गर्न पाउनेछन् ।
कम्पनीको सेयर खरिद गर्न छिटोमा भदौ ७ र ढिलोमा १७ गतेसम्म आवेदन दिनुपर्नेछ । सेयर निष्काशन तथा बाँडफाँटको जिम्मेवारी एनआइबिएल एस क्यापिटलले पाएको छ ।
माथिल्लो दोर्दी–एले भदौमा साधारण सेयर निष्काशन गर्ने
आर्थीकसंसार संवाददाता३१ साउन, २०७७
३१ साउन, २०७७- सानिमा रिलायन्स लाइफको बीमालेख पुनर्जागरण गर्दा शतप्रतिशत छुट पाइने
- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण