News Portal

  • प्राइम बैंकको १३औं वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२९ पौष, २०७७
    १२१७ पटक
    २९ पौष, २०७७

    काठमाडौं । प्राइम कमर्सियल बैंकले पुस २९ गते आफ्नो १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बैंकले आज अनलाइन (भर्चुअल) माध्यमबाट सभा सम्पन्न गरेको हो ।
    सो सभाले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्तावलाई पारित गरेको छ । यससँगै १३ अर्ब ९८ करोड रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी १५ प्रतिशत बोनस पछि बढेर १६ अर्ब रुपैयाँ नाघ्ने छ ।
    बैंकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल विस्तार गर्दै आपना सेयरधनीलाई यथोचित र समयसापेक्ष प्रतिफल दिन बैंक प्रतिवद्ध रहेको जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्