News Portal

  • ज्योति लाईफको बीमा शुल्क आर्जन झण्डै दोब्बर बृद्धि

    आर्थीकसंसार संवाददाता३१ साउन, २०७७
    ६७५ पटक
    ३१ साउन, २०७७

    काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको व्यवसाय, आम्दानी र मुनाफा सबै बढेको छ । बीमा कम्पनीले आज गत आवको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । अपरिस्कृत वित्तीय विवरणअनुसार ज्योति लाईफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन झण्डै दोब्बर भएको छ । जसका कारण जीवन बीमा कोष र मुनाफामा ठूलो योगदान गरेको छ । बीमा कम्पनीहरुको जीवन बीमा कोष नै कम्पनीको बलियोपना मापनको आधार हो । गत असारसम्ममा कम्पनीले जीवन बीमा कोष झण्डै दुई अर्ब अर्थात एक अर्ब ९७ करोड तीन लाख ९४ हजार १०४ रुपैयाँ जम्मा गरेको छ । अघिल्लो आवको तुलनामा यो १७० प्रतिशतले बढी हो । समीक्षा अवधिको अघिल्लो आवमा ज्योति लाईफले ७२ करोड ८८ लाख ३७ हजार १३१ रुपैयाँ थियो । त्यस्तै, कम्पनीले महाविपत्ति कोषमा चार करोड ४३ लाख ९० हजार ७६२ रुपैयाँ र जगेडा कोषमा ३९ करोड ९५ लाख १६ हजार ८५९ रुपैयाँ जम्मा गरेको छ । कम्पनीको तीन वटै कोषमा गरी कूल दुई अर्ब ४१ करोड ४३ लाख एक हजार ७२५ रुपैयाँ जम्मा गरेको छ ।
    कम्पनीले गतवर्ष एक अर्ब ७८ करोड सात लाख तीन हजार ८७१ रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले आर्जन गरेको बीमा शुल्क अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर हो । कम्पनीले अघिल्लो वर्ष ९८ करोड ७७ लाख १५ हजार ४८७ रुपैयाँ खूद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको कूल बीमा शुल्क समेतमा बृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीेले एक अर्ब ८९ करोड तीन लाख सात हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कूल बीमा शुल्क एक अर्ब दुई करोड माथि थियो । त्यस्तै कम्पनीको मुनाफा समेत बृद्धि भएको देखिएको छ । कोरोना महामारीका कारण केही कम्पनीहरुको मुनाफा घटिरहेको बेला ज्योति लाईफको भने मुनाफामा सामान्य बृद्धि भएको हो । गत आवमा १२ करोड ४६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले यस वर्ष १२ करोड ५२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीको मुनाफा ६ लाख रुपैयाँ बृद्धि गर्न सफल भएको छ ।
    कम्पनीले समीक्षा अवधीमा तीन करोड ५३ लाख व्यवस्थापन खर्च गरेको छ । अघिल्लो वर्ष दुई करोड ९६ लाख रुपैयाँ त्यस्तो खर्च गरेको थियो । त्यस्तै कम्पनीको आम्दानी झण्डै दोब्बर भएको छ । अघिल्लो वर्ष लगानी तथा अन्य आय बापत आठ करोड ४६ लाख ५७ हजार ८९० रुपैयाँ आम्दानी गरेको ज्योती लाईफले यस वर्ष १५ करोड ४५ लाख ३३ हजार ७०३ रुपैयाँ आम्दानी गर्न सफल भएको छ । त्यस्तै बीमालेख धितो बापत ७४ लाख ६९ हजार ९३२ रुपैयाँ आम्दानी गरेको छ । गत कम्पनीले ८५ लाख ९ हजार दावी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी रकम छैन । कम्पनीको प्रतिशेयर आम्दानी ८.१३ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२८.८३ रहेको छ । त्यस्तै, प्रतिशेयर कूल सम्पत्ति २७४.१९ रहेको छ ।

    प्रतिकृया दिनुहोस्