News Portal

  • नेपाल पुनर्बीमा कम्पनीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२९ पौष, २०७७
    ४३५ पटक
    २९ पौष, २०७७

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । राजधानी काठमाडौंको कार्की ब्याङ्क्वेटमा भौतिक रुपमा उपस्थित भई तथा डिजिटल माध्यमबाट शेयरधनीहरुलाई उपस्थित हुने व्यवस्थासहित साधारणसभा सम्पन्न गरिएको कम्पनीले जनाएको छ । कम्पनी कम्पनीले यस वर्ष लाभांश वितरण नगर्ने भएकोले आर्थिक वर्ष २०७५/०७६ को वित्तीय विवरण पास गर्ने, अडिटर नियुक्त गर्ने लगायतका औपचारिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।
    कम्पनीको सम्पन्न साधारणसभाबाट दुई जना थप सञ्चालक निर्वाचित गर्नेछ । संस्थागत लगानीकर्ताहरु मध्येबाट एक जना र सर्वसाधारण लगानीकर्ताहरुको तर्फबाट एकजना गरी कूल दुई जना सञ्चालक निर्वाचित गरेको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्