काठमाडौं । चौथौ त्रैमासको अवधिमा सगरमाथा इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क बीमा शुल्क आर्जन घटेको छ । कम्पनीले गत आर्थिक वर्षकोे चौथो त्रैमाससम्ममा ९८ करोड ४१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९८ करोड ९२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ० दशमलव ५१ प्रतिशतले घटेको छ । त्यस्तै, कम्पनीको पुनर्बीमा कमिशनबाट हुने आम्दानी र लगानी कर्जा तथा अन्यबाट हुने आम्दानीको आकार घटेको छ । कम्पनीले ५ हजार ८ सय ४८ वटा बीमा दाबी भुक्तानी गरेको छ भने ३ हजार ४ सय २७ वटा बीमा दाबीको भुक्तानी गर्न बाँकी छ ।
समीक्षा अवधिमा कम्पनीले ३५ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले गत वर्षको सोही अवधिमा २८ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २४ दशमलव ३९ प्रतिशतले बढेको छ । १ अर्ब रुपैयाँ माथि रहेको छ भने जगेडा कोषमा ५१ करोड ८६ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै कम्पनीले बीमा कोषमा ६३ लाख १४ रुपैयाँ संचित रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ७८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २ सय २७ रुपैयाँ ९५ पैसा रहेको छ ।
सगरमाथा इन्स्योरेन्सको खुद बीमा शुल्कमा भारी गिरावट
आर्थीकसंसार संवाददाता३१ साउन, २०७७
३१ साउन, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने