News Portal

  • ग्लोबल आईएमई लघुवित्तले स्पर्श लघुवित्तलाई प्राप्ती गर्ने

    आर्थीकसंसार संवाददाता२९ पौष, २०७७
    ४८४ पटक
    २९ पौष, २०७७

    काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको २८.९२ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न कम्पनीको आठौं वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो ।
    सभाले सेयरधनीलाई २७.४७ बोनस सेयर र कर प्रयोजनका लागि १.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, सभाले पोखरामा रहेको स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने प्रस्ताव पनि पारित गरेको छ । उक्त सेयरको वितरण तथा स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्तीपश्चात वित्तीय संस्थाको चुक्ता पुँजी ४३ करोड रुपैयाँभन्दा बढी पुग्ने छ । त्यस्तै, संस्थाले ९५ वटा शाखामार्फत १ लाख १५ हजार ग्राहक सदस्यमा सेवा पुग्ने छ वित्तीय संस्थाका नि. प्रमुख कार्यकारी अधिकृतले बताए ।
    सो साधारणसभामा वित्तीय संस्थाका अध्यक्ष बुद्धि अकेला आठौं वार्षिक प्रतिवेदन पेश गरेका थिए भने सभा कम्पनी सचिव हरिकृष्ण जोशीले सञ्चालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्