News Portal

  • प्राइम लाइफ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता२७ पौष, २०७७
    ११७४ पटक
    २७ पौष, २०७७

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । पुस २७ गते सम्पन्न कम्पनीका १३औं वार्षिक साधारणसभाले सञ्चालक समितिको १५ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो ।
    सभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयधनीलाई ७ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद (कर सहित) गरी १५ प्रतिशत लाभांश पारित गरेको हो । सो मात्राको बोनसपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ ।
    यस कम्पनीले देशभरमा विभिन्न १५० भन्दा बढी स्थानहरुबाट जीवनबीमा सेवा उपलब्ध गराई आएको र आगामी वर्ष थप स्थानहरुबाट समेत सेवा दिने जनाएको छ । कम्पनीको हालसम्मको वित्तीय अवस्था, कम्पनीले जीवन बीमा क्षेत्रमा गरेको उपलब्धी र आगामी वर्षहरुमा सेयरधनीलाई उल्लेख्य प्रतिफल दिन कम्पनीको व्यवस्थापन लागी रहेको इन्स्योरेन्सले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्