News Portal

  • नेपाल बङ्गलादेश बैंकको लाभांश पारित

    आर्थीकसंसार संवाददाता२६ पौष, २०७७
    १०३९ पटक
    २६ पौष, २०७७

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकको प्रस्तावित लाभांश पारित भएको छ । पुस २६ गते सम्पन्न बैंकको २६औं वार्षिक साधारणसभाले बैंक सञ्चालक समितिको ८.४२ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।
    सभाले पारित गरेसँगै सेयरधनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफा रकमबाट २०७७ आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजीको २.४२ प्रतिशत (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) नगद लाभांश र ६ प्रतिशतका दरले बोनस सेयर गरी सो ८.४२ प्रतिशत लाभांश पाउने भएका छन् ।
    बैंकको वार्षिक साधारणसभा काठमाडौंको कमलादीस्थित कम्पनीको सभाकक्षमा जुम वेविनार मार्फत सम्पन्न भएको हो । सभाले प्रबन्धपत्रमा संशोधन गरी अधिकृत पुँजी १५ अर्ब पुर्याउने र जारी तथा चुक्ता पुँजीमा बोनस सेयर जारी भएअनुरूप समसामयिक संशोधन गर्ने प्रस्तावसमेत सर्वसम्मतिबाट पारित भएको छ । सभाले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको लेखापरीक्षण प्रतिवेदन सहितको आव २०७६/०७७ को वार्षिक वित्तीय विवरणहरु पारित गर्नुका साथै बैंकका सहायक कम्पनीहरू नेपाल बंगलादेश क्यापिटल लिमिटेड र एनबीबीएल सेक्युरिटिज लिमिटेडसहितको आव २०७६/०७७ को एकीकृत वार्षिक वित्तीय विवरण पारित गरेको थियो ।
    साथै, बैंकले आव २०७७/७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिएबमोजिम लेखापरीक्षक सुधिरकुमार शर्मा, एस एण्ड एस एशोसियटस, चार्टर्ड अकाउन्टेन्टसलाई पुनःनियुक्ति गरेको छ ।

    प्रतिकृया दिनुहोस्