News Portal

  • ग्लोबल आइएमई बैंकले न्यानो कपडा वितरण गर्यो

    आर्थीकसंसार संवाददाता२४ पौष, २०७७
    ७१७ पटक
    २४ पौष, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंकको कर्णाली प्रादेशिक शाखा कार्यालयले बैकको १४औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वीरेन्द्रनगर, सुर्खेतस्थित मानव सेवा आश्रमका विभिन्न उमेर समूहका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
    बैंकको कर्णाली प्रादेशिक शाखा कार्यालय प्रमुख विष्णु अर्यालले मानव सेवा आश्रम, सुर्खेत शाखालाई न्यानो कपडा हस्तान्तरण गरेका हुन् । बैंकले समाजलाई टेवा पुर्याउने उद्देश्यका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समाजपयोगी कार्यहरु गर्दै आएको छ । ग्लोबल बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा, २४० एटीएम, २४३ शाखारहित बैंकिङ्ग सेवा, २७ सरकारी राजश्व संकलन काउन्टर, १ सिडिएस एण्ड क्लियरिङ काउन्टर, १९ एक्सटेन्सन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ७९६ भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्